भारतमा कोरोना : एकैदिन ६२ हजारभन्दा धेरैमा सङ्क्रमण, ३१२ जनाले ज्यान गुमाए

भारतमा कोरोना : एकैदिन ६२ हजारभन्दा धेरैमा सङ्क्रमण, ३१२ जनाले ज्यान गुमाए

काठमाण्डौ : भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ ।

गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ३ सय १२ जनाको ज्यान गुमाएका छन् ।

सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैले ज्यान गुमाइ सकेका छन् ।

सम्बन्धित खवर