काठमाण्डौ : कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको छ ।