उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टरबाट लडेर गयराति (शनिबार) एक जनाको ज्यान गएको छ ।

रामपुरबाट बेल्टारतर्फ जाँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरबाट खसेर चौदण्डीगढी–२ का २६ वर्षीय रुपेश लामाको मृत्यु भएको हो । राति ९ः४० बजेतिर ट्याक्टरबाट खसेर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टरका चालक २६ वर्षीय टङ्क कामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । लापरबाहीका कारण घटना भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर