रंगेलीमा पुर्वमाओवादी नेकपा एमालेमा समाहित, निर्वाचित जनप्रतिनिधि भने सहभागी भएनन्

रंगेलीमा पुर्वमाओवादी नेकपा एमालेमा समाहित, निर्वाचित जनप्रतिनिधि भने सहभागी भएनन्

किरण न्यौपाने, रंगेली

दुई कम्युनिष्ट पार्टि एकिकरण भई निर्माण भएको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) रंगेली नगर कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

पुर्व माओवादीका नेता दल बहादुर बस्नेत सहित ९ वटै वडाका पुर्व माओवादीहरु समायोजन पछि निर्माण भएको नगर कमिटी र मातृ संगठनहरु नै जिवित रहने गरी एमालेमा समाहित भएका हुन् ।

शनिवार नेकपा (एमाले) नगर पार्टि कार्यालय उद्घाटन क्रममा पुर्वमाओवादी तर्फबाट नगर अध्यक्षको जिम्मेवारी पाएका माओवादी नेता दल बहादुर बस्नेतले कार्यक्रमको सभापतित्व गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पुर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा नेकपा एमाले लिखित पार्टिको व्यानर अनावरण गर्दै पार्टि कार्यालयको उद्घाटन गरिएको छ ।

पुर्व माओवादी र एमाले तर्फबाट समायोजन पछी बनेको पुरानै नगर कमिटी र पद जिम्मेवारी रहने गरी भतभेद भावना नराखी दुबै पार्टी एक भएर बस्ने र चुनाव चिन्ह सुर्य रहने गरी पार्टि कार्यालय उद्घाटन गर्ने निर्णयको निर्णय पुस्तीका पुर्व माओवादी नेता दल बहादुर बस्नेतले वचन गर्दै मन्त्वय व्यतm गरेका थिए ।

सो क्रममा माओवादीबाट निर्वाचित भएका जनप्रतिनिधी भने सहभागी थिएन्न । रंगेलीमा माओवादी केन्द्रको तर्फबाट मेयर, उप मेयर सहित ३ वटा वडा अध्यक्ष सहित १७ जनप्रतिनिधी रहेका छन् । उनिहरु कानुनी जटिलताले समाहित सहित पार्टि कार्यालय उद्घाटन कार्यक्रममा सहभागी नभएको बुझीएको छ । सो क्रममा तामाङले अब नेकपा एमाले भित्र गुटगत राजनीति नरहने र कम्युनिष्टहरुको मुलधारकै पार्टि नेकपा एमाले रहने बताए ।

प्रधानमन्त्री माथी अविश्वासको प्रस्ताव संसदमा आए नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकार गरेर कुनै दलसंग सहकार्य गर्न सकिने गरी छलफल भईरहेको बताउदै जसपा नेपालसंग गहिरो छलफल भइरहेको बताए । उनले नेकपा एमाले फेरी पनि दुई तिहाईको जनमत सहित सरकारमा पुग्ने विश्वास व्यतm गरे ।

सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एव प्रदेश नं. १ का सचिव विनोद ढकाल, नेकपा एमाले नगर सह इन्चार्ज मनोज अग्रवाल लगायतले मन्त्वय राखेका थिए ।

सम्बन्धित खवर