पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : नेपालमा गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत छ ।

पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ४३५ पुगेको मन्त्रालयको जनाएको छ ।

सम्बन्धित खवर