पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु, १५६ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु, १५६ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १२ सय ९९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित खवर