भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए ‘म्याच’

भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए ‘म्याच’

 काठमाडाैँ : भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको हाे । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले दिनेशको डीएनए प्रयोगशालाबाट म्याच भएको जानकारी दिनुभयाे । दिनेशलाई प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै फागुन ४ मा पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

जिल्ला अदालत, बैतडीले उनलाई फागुन २६ मा पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन आदेश दिएकाे थियो । उनले सुधार गृहमा रहेका समयमा आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी भट्ट माघ २२ मा घरबाट विद्यालय गएकी थिइन् ।  उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा माघ २३ मा भेटिएको थियो ।

सम्बन्धित खवर