मोरङको कटहरी गाउँपालिका–७ थलाहास्थित एउटा कृषि फार्ममा बिहीबार (आज) बिहान आगलागी भएको छ । देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको सगरमाथा कृषि फार्ममा बिहान ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घटनामा परेर फार्ममा पालिएका ३४ वटा खसी र ४० वटा कुखुरा मरेका छन् ।