पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर : पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

फाल्गुनन्द– ५ सुलुम्फीमा ट्याक्सी दुर्घटना हुँदा ट्याक्सीमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ईलाम फाकफोकथुम– ७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन् ।

मे १ ज ४१६ नम्बरको ट्याक्सी बुधबार बिहान उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भीर घाइते भएका थिए ।

घाइते लिम्बुलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बन्धित खवर