विराटनगर । विराटनगरस्थित प्रदेश सरकारको कोभिड १९ अस्पताल पुनः सञ्चालनमा आउने भएको छ।
विराटनगरसहित आसपासको क्षेत्रमा कोरोनाको संक्रमण देखिन थालेपछि अस्पताल सञ्चालनमा आउने तयारी भएको हो । केही महिनादेखि बिरामीबिहीन बनेको अस्पतालमा कार्यरत्त करारका कर्मचारीको करार अवधि नथपी प्रदेश सरकारले हटाएको थियो ।
कर्मचारी हटाएको केहि दिनपछि विराटनगरसहित आसपासमा कोरोना संक्रमण भेटिन थालेपछि सञ्चालनको लागि मन्त्रालयले छलफल सुरु गरेको हो ।
प्रदेश १ को समाजिक विकास मन्त्रालयका उपसचिव एवम प्रशासन महाशाखा प्रमुख अमिका प्रसाद चौलागाईंले दोस्रो चरणमा कोरोनाको संक्रमण देखिएपछि मन्त्रालयले सञ्चालनको तयारी गरेको जानकारी दिए ।
आवश्यक जनशक्ति परिपूति गर्ने विषयमा मन्त्रालय छलफल चलाएको उनले बताए । अस्पतालमा कार्यरत चिकित्सक , नर्स र परामेडिकललाई करार अवधि नथप्दै फागुन २८ गते हटाएको थियो ।
अस्पतालमा चिकित्सकतर्फ मेडिकल अफिसर ८ जना , स्टाफ नर्स ८ जना , एचए ८ जना , स्वीपर ३ , ईलेक्ट्रिकल र पल्मबर ४ जना , वायोमिकल इन्जिनियर १जना , कास ९ सहित १ जना गार्ड रहेका छन् ।
उनीहरुलाई प्रदेश सरकारले नियमित तलब खुवाइरहेको थियो। चिकित्सक , नर्स र परामेडिकलको अवधि सकिए पनि स्वीपर र कार्यालय सहयोगी करार अवधि चैत्र २८ सम्म रहेको थियो ।