हाम्रो पात्रो एपको डाउनलोड १ करोड

हाम्रो पात्रो एपको डाउनलोड १ करोड

पाेखरा : नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो । यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको कम्पनीले जनाएको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रोपात्रो टिमलाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ उनले भने ।

अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् । हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् ।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् । विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ ।

हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ । बेटा भर्सनमै रहेको यो फिचर प्रयोग गर्नेहरुको संख्या एकलाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमै हाम्रो पात्रोमा म्यासेञ्जरको फुल भर्सन समेत आउनेछ । त्यस्तै आईओएस प्रयोगकर्ताले समेत म्यासेञ्जर प्रयोग गर्न पाउने कम्पनीका संस्थापक उप्रेतीले बताए ।

हाम्रोपात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित खवर