विगत एक महिना देखी रोगले थलिएकी मोरङको उर्लावारी-२ सालबारी की ४८ वर्षिय अमृता राईको उपचारमा सहयोग पुग्ने भएको छ ।
कलेजो र पथरी रोग बाट थलिएकी राईको उपचारमा नगरपालिका र वडाले संयुक्त रुपमा सहयोग गर्ने मेयर खड्ग फागो र वडाध्यक्ष राजन कुमार कडेलले प्रतिवद्धता गरेका छन् ।
आर्थिक अवस्था न्युन रहेको अमृताको परिवार ज्यालामजदुरी गरि ५ जना परिवारको जिवन धान्दै आएको छ ।
विगत एक महिना अघिदेखि अमृता विरामी परेर ओछ्र्यान लागेपछि उनका श्रीमान पनि रोजीरोटीका लागि बाहिर जान सकेका थिएनन् ।
जसका कारण ज्यालामजदुरी गरि परिवार धान्दै आएको राई परिवार माथी झनै सास्ती थपिदै गएको थियो ।
ज्यालामजदुरी गरि जिविको पार्जन गर्दै आएको राई परिवारले भोग्दै आएको खवर अध्यक्ष कडेलले प्राप्त गरेपछि कडेल र मेयरको टोलिले राईको बुधवार उद्धार गरि थप उपचारका लागि उलर्ाबारी स्थित अरनिको अस्पतालमा भर्ना गराएको छ ।
अरनिको अस्पतालमा उपचार सम्भव नभएमा ठुला अस्पतालहरुमा समेत लगेर उपचार गरिने अध्यक्ष कडेलले बताएका छन् ।
राई परिवारले अमृताको उपचार आर्थिक अवस्था कमजोर भएकै कारण मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर साविक मंगलबारे अस्पतालमा उपचार गराउदै आएको थियो तर त्यहा रोग निको नभएपछि अमृता आछ्यान लागेको परिवार स्रोतले जनाएको छ ।
