काठमाडौँ : नेकपा एमालेका नेता विष्णु रिजालले पनि नेता माधवकुमार नेपालको साथ छाडेका छन । माधवकुमार नेपालका एकदमै निकटका भनेर चिनिएका रिजालले मंगलबार एउटा ट्वीट गर्दै यसको स्पष्ट संकेत दिएका हुन ।
रिजालले वर्तमान राजनीतिको निकास ओलीको नेतृत्वमा मात्र सम्भव देखिएको बताएका छन । उनले केपी ओलीकै नेतृत्वमा वर्तमान सरकारको निरन्तरता वा २०७८ को मंसिरमा ओलीकै नेतृत्वमा चुनाव हुनुपर्ने बताएका छन ।
माधव नेपाल निकटका एकपछि अर्का नेताहरू एमालेको मुलधारमा फर्किरहेका छन । नेता नेपालले सरकारविरूद्ध कुण्ठा पोखिरहेका समयमा रिजालले सरकारको समर्थनमा सामाजिक सञ्जालमा उपस्थिति देखाएका हुन ।
उनले ट्वीटरमा लेखेका छन ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन् । प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन ।’