वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम सम्पन्न

वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम सम्पन्न

पथरी शनिश्चरे, १० चैत

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।

वडा सदस्य रोमान्सी धिमालको अध्यक्षता र नगरको उद्यम विकास संयोजक हेमचन्द्र दहालको आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिममा २८ जना सहभागि रहेका थिए ।

उद्यम विकास शाखाको आयोजनामा लघु उद्यमी बन्न चाहने आर्थिक विपन्नहरुको छनौट गरेपछि ८ दिने तालिम सुरु गरिएको थियो । सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रममार्फत छनौट गरिएका आर्थिक विपन्न महिलाहरुका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । ‘व्यवसाय सचेतना तथा सुरु र लैंगिक तथा सामाजिक समावेशिकरण’ नाम दिइएको सो तालिम चैत ३ मा सुरु भएको थियो ।

कार्यक्रमका लागि छनौट गरिएको वडा नम्बर २ र ३ मा यसअघि सो तालिम सम्पन्न भएको छ । तालिम लिएकाहरुलाई अव सिप विकास तालिम प्रदान गरिने छ ।

सम्बन्धित खवर