वडा नम्बर २ मा कृषि तथा पशुपंक्षी सञ्जाल गठन

वडा नम्बर २ मा कृषि तथा पशुपंक्षी सञ्जाल गठन

पथरी शनिश्चरे, १० चैत

मोरङको पथरी शनिश्चरे नगरका वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन गर्ने क्रममा आज वडा नम्बर २ को सञ्जाल गठन भएको छ ।

नगरको कृषि तथा पशुपंक्षी शाखाको पहलमा भएको भेलामा ओमनाथ नेपाललाई अध्यक्ष चुनेर सञ्जाल गठन भएको हो । सञ्जालको सचिवमा विष्णुप्रसाद रेग्मी, कोषाध्यक्षमा उत्तरा न्यौपाने तथा सदस्यमा सुशिला राई, उत्सवमान पालिखे, शान्तकुमार श्रेष्ठ र फडिन्द्र कार्की रहनु भएको छ । कार्यक्रममा नगर पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले सहजिकरण गर्नुभएको थियो ।

त्यसैगरी, वडा नम्बर १ को सञ्जालको अध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः विनिता देवान, शुक्रबहादुर राई र चन्द्रमाया धिमाल चुनिनु भएको छ । रोशन लिम्बू र सानुमाया धिमाल सदस्य चुनिनु भएको छ । यसअघि वडा नम्बर १० मा पनि सञ्जाल गठन भएको छ ।

सम्बन्धित खवर