पथरीशनिश्चरे नगर स्तरीय फुटबल: वडा नम्बर ८ विजयी

पथरीशनिश्चरे नगर स्तरीय फुटबल: वडा नम्बर ८ विजयी

मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को आजको खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

आयोजक ‘बि’ लाई टाई-ब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान सुनिश्चित गरेको हो। खेलको ५१ औँ मिनेटमा वडा नम्बर ८ का महेन्द्र मगरले समीर याक्खाको पासमा किपरलाई विट गर्दै उत्कृष्ट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए तर सो अग्रता ४ मिनेट बढी टिक्न सकेन । आयोजक टिमका अमर दर्जिले खेलको ५५ औँ मिनेटमा जवाफी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । दुवै टिमले खेल अवधी भर गोल गर्ने केही अवसर पाए पनि गोलले जाली चुम्न नसक्दा १-१ को बराबरीमा खेलको निर्धारित समय सकिएको थियो । टाई ब्रेकरतर्फ धकेलिएको खेलमा आयोजकका अमर दर्जी, लक्ष्मिर गुरुङ्ग र सुरेश राईले गोल गरे पनि सन्जय मगर र सन्नी राईले गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य बनेको हो । वडा नम्बर ८ का भानुहाङ खजुम गोल गर्न चुके पनि समीर याक्खा , सुजन खत्री, महेन्द्र मगर र एलि लिम्बुले गोल गर्दा जितका लागि पर्याप्त बनेको हो। आजको खेलको मेन अफ द म्याच वडा नम्बर ८ का महेन्द्र मगर घोषित हुँदै नगद १५ सय प्राप्त गरेका छन । भोलीको खेल ६ नम्बर वडा र वडा नम्बर ३ बिच हुने आयोजकले जनाएको छ।

सम्बन्धित खवर