कटहरीमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

कटहरीमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङको कटहरी गाउँपालिका ३ मा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आईतवार बेलुका साँढे ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका २ का ३६ बर्षीय बच्चु डुमलाई ठक्कर दिंदा घाईते भएका डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साईकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर