नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक मंगलबार बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक मंगलबार बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रले मंगलबारका लागि स्थायी समितिको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) बिहान आठ बजे बस्ने गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धनको विषयमा समेत मंगलबार बस्ने बैठकमा छलफल हुने बुझिएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रले पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र त्यसका कार्यान्वयनका विषयमा समेत छलफल हुनेछ ।

भोलीको बैठकमा माओवादीबाट चुनाव जित्दै मन्त्री बनेर अहिले एमालेमा प्रवेश गरेका सांसदलाई स्पष्टीकरण सोधिएपछि बाँकी प्रक्रिया के कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

 

सम्बन्धित खवर