मेस्सीको कीर्तिमानमा बार्सिलोनाको सानदार जित

मेस्सीको कीर्तिमानमा बार्सिलोनाको सानदार जित

बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । आइतबार रातिको खेलसँगै उनले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई भंग गरेका हुन् ।

कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन् ।

बार्सिलोनाको जितमा मेस्सीले ५६ औं र ८९ औं मिनेटमा गोल गरे । यस्तै सर्जिनो डस्टले ४३ औं र ५३ औं मिनेटमा गोल गरे । एन्टोनी ग्रीजमनले ३७ औं र उसमान डेम्बेलेले ७१ औं मिनेटमा गोल गरे । सोसिडाडका लागि एन्डर बारेनेट्जाले ७७औं मिनेटमा एक गोल फर्काए ।

जितपछि बार्लोना ला लिगाको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । २८ खेलबाट ६२ अंक जोडेको बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । समान खेलबाट ६० अंकसहित रियल तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर