धनकुटा, धनकुटाको वहुमुखी पाठशालामा गए राती भिषण आगलागी भई लाखौको क्षति भएको छ ।
धनकुटा बजारको मदन चोक वरिपरी अवस्थित पाठशालामा भएको आगलागीबाट पाठशालाको ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनु भयो ।
पाठशालामा लागेको आगोलाई दमकलको सहायतामा स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा लिईएको कुरा एसपी अधिकारीले बताउनु भयो ।
प्रहरीका अनुसार अहिले सम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।