जातीय विभेद उन्मुलन सम्बन्धी कानेपाेखरीमा एकदिने अन्तरक्रिया सम्पन्न

जातीय विभेद उन्मुलन सम्बन्धी कानेपाेखरीमा एकदिने अन्तरक्रिया सम्पन्न

कानेपोखरी, जनअधिकार मञ्च नेपाल, कानेपोखरी र कानेपोखरी महिला फेडेरेसनको संयुक्त आयोजनामा जातिय विभेद उन्मुलन सम्बन्धि र दलितहरुको अहिलेको अवस्था विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम कानेपोखरी ६ रमाइलोस्थित जनएकता साकोसको भवनमा आइतबार सम्पन्न भएको छ।

“जातियवाद विरुद्ध युवा, जातिय हिंसा र छुवाछुत विरुद्ध हामी´´ भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रम ५६ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरपारी कानेपोखरी गाउँपालिकाको सहयोगमा आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका निवर्तमान सदस्य माननीय खेम नेपालिले नेपालको संविधान २०७२ मा कुनैपनि सार्वजनिक या निजि स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद, छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारवाही हुने स्पष्ट व्यवस्था रहेको बताए । तर, सार्वजनिक स्थल मठमन्दिर इत्यादि स्थलमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना यथावत रहेको बताउँदै जातिय विभेद गर्नेलाई राज्य व्यवस्था अनुसार कडा कारवाही गरिने जिकिर र नगर्न सबैलाई अनुरोध गरे।
त्यस्तै, अर्का वक्ता कार्यक्रमकि विशिष्ट अतिथी दलित जनअधिकार मञ्च केन्द्रीय अध्यक्ष शान्ती गजमेरले सन १८५४ को मुलुकी ऐन अनुसार नेपालबाट जातिय छुवाछूतको अन्त्य भएको घोषणा भएपनी हालसम्म कार्यान्वयन भने हुन नसकेको गुनासो गरिन।उनले जातिय समनताको लागि १० बर्षे जनयुद्ध गरिएपनी सोच र व्यवहारमा एक प्रतिशत पनि कमि ल्याउन नसकेको कुरा बताइन्।साथै अन्त्यमा उनले जातिय विभेदलाई आधुनिक समाजसँगै निर्मुल पार्नको लागि युवाहरूको भुमिका अहम भएको जानकारी दिइन।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरु अम्बर बहादुर पराजुली, ६ नं. का वडा अध्यक्ष खड्क बस्नेत, नेकपा एमाले कानेपोखरी पार्टी अध्यक्ष भोला अधिकारी, नेकपा माओवादी केन्द्रका मनोज राजवंशीले अहिलेको अवस्थामा आएरपनि जातिय विभेद गर्नु भनेको अमानवता र मानवहिन कार्य भएको र यसलाई तत्काल अन्त्य गर्न नसके यसले समाजलाई ठुलो असर गर्ने करिब सबैले एकै प्रकारको धारणा राखेका थिए।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण ओरेक नेपाल मोरङ जिल्ला संयोजक दिपक सेन्चुउरीले गरेका थिए साथै उनले उपस्थितको जिज्ञासालाई पनि समेटेका थिए। सो कार्यक्रममा विद्यार्थी, दलित र गैरदलित समुदायका गरि करिब १५० मनिसहरुको उपस्थिति रहेको थियो।कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष दुर्गामाया नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर