वडा नम्बर २ दोस्रो चरणमा प्रवेश

वडा नम्बर २ दोस्रो चरणमा प्रवेश

पथरी, वडा नम्बर २ मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

आज भएको खेलमा ५ नम्बर वडालाई ०–२ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । वडा नम्बर २ का लागि पहिलो र दोस्रो हापमा दुबै गोल कबि राईले गरेका थिए । खेलको म्यान आफ द म्याच गोल गर्ने वडा नम्बर २ का खेलाडि कबि राई घोषित भए ।

भोलि सोमबारको खेल ४ र ९ नम्बर वडावीच प्रतिष्पर्धा हुने खेला आयोजक समितिका संयोजक रबिन राईले बताए । प्रतियोगिता शिविर स्थित खेल मैदानमा भइरहेको छ ।

सम्बन्धित खवर