तेह्रथुम, तेह्रथुम छथर शुक्रबारेमा स्थानिय तह नेपाल शिक्षक संघ छथर कार्य समितीको तेश्रो प्रतिनिधी सभा सम्पन्न भएको छ ।
सभाका प्रमुख अतिथि नेपाली कांग्रेस तेह्रथुमका सचिव सन्तोष निङलेखुले राजनैतिक आस्थाका कारण स्थानीय सरकारले शिक्षकहरुमा गर्दै आएको बिभेदलाई अन्त्य हुनु पर्ने र बिभेद गर्ने सरकारले समाजलाई विकास र निकास दिन नसक्ने बताए । शिक्षकहरुको समस्याका निम्ती जुनसुकै पार्टीमा आस्था राखेपनी एकजुट भएर आफ्नो अधिकारका लागि अगाडी बढ्न प्रमुख अतिथी निङलेखुले आग्रह गरेका छन् ।
समाज निमार्णका लागि शिक्षकहरुको महत्वपुर्ण भूमिका रहेको सभाका विशेष अतिथी नेपाली कांग्रेसका निर्वाचन क्षेत्र क का सभापती विपिन निङलेखुले बताए । राज्यले हेर्ने नजर फरक रहँदै आएको र स्थानीय सरकार सञ्चालन भएपनी यसको अन्त्य नभएको नेपाल शिक्षक संघका प्रदेश सदस्य रामकृष्ण निरौलाले बताए । संघले सेवा निवृत्त भएका ६ जना शिक्षकहरुलाई सभाको अबसरमा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा भुपाल बहादुर कार्की, भवानी कटुवाल, खगेन्द्रराज दाहाल, गिरी बहादुर निरौला, ईन्द्रबहादुर बस्नेत र भुपेन्द्र प्रसाद दाहाल रहेको नेपाल शिक्षक संघ स्थानीय कार्यंसमिती छथरका अध्यक्ष टिकाराम कार्कीले जानकारी दिए ।

सभामा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी टेकराज तिगेला, नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय सदस्य कृष्णबहादुर निरौला, संघका जिल्ला उपाध्यक्ष गिता कटुवाल, नेपाल राष्ट्रीय शिक्षक संगठनका डिकबहादुर ठकुरी, नेपाल शिक्षक संघगठनका हिमबहादुर थापा, अखिल नेपाल शिक्षक संघका बौद्धमान निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । सभा नेपाल शिक्षक संघ स्थानीय कार्यसमितीको आयोजनामा सम्पन्न भएको हो ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



