दमकको चिया बगान दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

दमकको चिया बगान दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

झापाको दमक स्थित चियाबगानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ इटहरा बस्ने बर्ष २४ का अनिस कोईराला र सोही ठाउँका २३ वर्षका निरन बस्नेतको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम आउँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार कोईराला र बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिनुभयो । सोही मोटरसाईकलमा सवार ९ का १८ वर्षिय हर्षीत बास्तोला गम्भीर घाईते भएका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ ।

त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्को को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् । उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको छ ।

सम्बन्धित खवर