काठमाडौं : नेकपा एमालेको संसदीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र पुनः स्थापित नेकपा एमालेको दुवै पक्षका बैठक भेलामा सहभागी नभएका गौगत पहिलो पटक आज दलको बैठकमा सहभागी भएका हुन् ।
गौतम पत्नी तुलसा भने यसअघि नै संसदीय दलको बैठकमा भाग लिइसकेकी छन् । दलको बैठक लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि गौतम सहभागी हुने भएका छन् ।
झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने दुवै बैठक बहिष्कार गरेको छ ।