पथरी, मोरङको पथरी शनिश्चरे ५ हसन्दहमा ४० पिन्ट रगत संकलन भएको छ ।
हसन्दह रेडक्रसको आयोजनामा शुक्रबार भएको खुल्ला रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको हसन्दह रेडक्रसका सभापती भोलानाथ घिमिरेले जानकारी दिनुभयो । २६ जना पुरुष र १४ जना महिलाले रक्तदान गरेका हुन् ।
रगत दातहरुलाई रेडक्रसले रक्तदाताको प्रमाण पत्र समेत उपलब्ध गराएको छ । रक्तदानका लागि क्षेत्रीय रक्तसञ्चार सेवा कार्यालय बिराटनगरले प्राविधिक रुपमा सहयोग पु¥याएको हो ।