आजबाट ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण हुँदै

आजबाट ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण हुँदै

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल – ३’ को प्रशारण हुँदैछ। हिमालय टेलिभिजनबाट बेलुका ८ बजे शो प्रशारण हुन लागेको हो। आजबाट केही साता शो–मा ‘ब्लाइन्ड अडिशन’ प्रशारण हुनेछ। अडिसनमा गाएर जुन निर्णायकको कुर्सी घुम्छ प्रतिस्पर्धी उनै निर्णायकको समूहमा जानेछन्।कार्यक्रममा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा रहेका छन्। याे कार्यक्रमलाई लक्ष्मण पौडेलले निर्माण गर्दैछन्।

सम्बन्धित खवर