लिम्चुङबुङका किसानलाई मिनिटेलर वितरण

लिम्चुङबुङका किसानलाई मिनिटेलर वितरण

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिने विकट लिम्चुङबुङ गाउँपालिकामा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

गाउँपालिकाले कृषिमा लाग्ने युवा तथा किसानहरुलाई प्रोत्साहन गर्नका लागि कृषि सामाग्री तथा अनुदानको समेत व्यवस्था मिलाएको छ ।

शुक्रबार गाउँपालिका “अध्यक्ष कृषि परियोजना” अन्र्तगत कृषि विकास शाखाद्वारा आलु पकेट संञ्चालक समिति वडा नं।–३ साबिक ८ र ९ को नागी, खर्क खलंगा, नगरे र यारिखोला बस्तिको लागि ४ वटा मिनिटेलर वितरण गरेको गाउँपालिका का कृषि विकास अधिकृत जनजित अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले जनता धनी नबनि पालिकाको विकास र समृद्धि सम्भव नहुने भन्दै अध्यक्ष कृषि परियोना कार्यक्रमलाई महत्वपुर्ण योजना बनाएर गघि बढेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए।

कृषिलाई प्राथामिकतामा राखेर ‘अध्यक्ष कृषि परियोजना’ संञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिएको पालिकाले जानएको छ । आलु पकेट सञ्चालन समितीलाई वितरण गरेको मिनिटेलरले आलु उत्पादनमा किसानलाई थप सहयोग पुग्ने अध्यक्ष राईले बताए ।

लिम्चुङबुङमा कृषिका लागि योग्य जमिन भएता पनि यहाँका किसानहरुले स्थानीय बजार नहुँदा कृषिजन्य उत्पादनका बस्तुहरु ब्रिक्रि वितरण गर्न नपाएको र आफ्नो आवश्यकता अनुसार मात्र उत्पादन गर्ने गरेकोले बढीबढी उत्पादन गर्न लगाएर कृषि सामाग्रीहरु बिक्री वितरणका लागि पालिकाले स्थानीय हाट बजारको व्यवस्था समेत मिलाएको अध्यक्ष राईले जानकारी दिए ।

‘अध्यक्ष कृषि परियोजना’ मार्फत कृषकहरुलाई आत्मनिर्भर मात्र हैन, परिश्रमी र आर्थीक आर्जनको माध्याम बन्यो अध्यक्ष राईले भने, ‘पालिका तरकारीमा आत्मर्निभर मात्र हैन यहाँबाट बाहिर समेत बिक्री, वितरण हुन थालेको छ ।’ पालिका भित्रको गाउँवस्तिमा उत्पादित कृषि उत्पादन पालिकामै निर्माण भएको कृषि बजारमा लगेर बेच्न सकिने भएपछि स्थानीयहरु व्यवसायी कृषि उत्पादन तर्फ लागि परेका छन ।

सम्बन्धित खवर