निजि विद्यालयको मनोमानी बिरुद्ध इटहरीका बिद्यार्थी सडकमा

निजि विद्यालयको मनोमानी बिरुद्ध इटहरीका बिद्यार्थी सडकमा

कोरोना महामारीमा लामो समयको देश लकडाउन भयो , लकडाउनले यस बर्षको शैक्षिक सत्र नै प्रभावित भयो । सरकारले लकडाउनको समयलाई शुन्य समय भन्यो ।

लकडाउनको घोषित अन्त्य भएसँगै भर्खरै मात्र शैक्षिक संस्थाहरु सञ्चालनमा आएका हुन । भौतिक रुपमा कक्षा सञ्चालन हुन थालेको गएको मंसिर महिना देखी मात्र हो । तर अहिले कलेजहरुले पढाई नै नभएको समयको पनि शुल्क लिन थालेका छन् । पढाई नै नभएको महिनाको पनि शुल्क तिर्नु परेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

कोविड १९को महामारीले शैक्षिक क्षेत्र नराम्रोसँग प्रभावित बन्यो । लामो समय विद्यालय तथा कलेज सञ्चालन नै हुन सकेनन् । बर्षभरी पढाई हुने पर्ने कोर्ष छोटो समयमै सकाएर परिक्षा गराईयो । तर कलेजहरुले भने विद्यार्थीहरुले पढाई नै नभएको समयको पनि शुल्क तिर्नुपर्ने भन्दै दबाव दिईरहेका छन् ।

सुनसरीको इटहरीमा रहेको कस्तुरी,बिश्व आदर्श,कोशी,सुस्मा लगाएतका निजि कलेजहरुले पढाईनै सञ्चालन नभएको महिनाको पनि शुल्क उठाउन थालेको भन्दै सम्पुण कलेजका विद्यार्थी सडकमानै आएर आन्दोलन गर्नु परेको बताउछन् । कोरोनाको संक्रमण उच्च गतिमा बढिरहेको र बन्दाबन्दीको अवस्थाको समयको पनि रसिद नै काटेर शुल्क असुल उपर गरेको भन्दै यस्तो लाभखोरी विद्यालयहरुलाई हदै सम्मको कारवाहीहुनु पर्ने माग राखेका छन् ।

तत्कालिन कक्षा ११मा अध्ययरत र हाल कक्षा १२मा अध्ययन गर्ने विद्यार्थीहरुबाट कलेजले शुल्क लिएको हो । गएको असार, साउन, भदौ, असोज र कार्तिक महिनामा कलेज सञ्चालन भएन । पढाई पनि भएन । भौतिक रुपमा कक्षा सुरु भएर पढाई हुन थालेको गएको मंसिर महिनाबाट मात्र हो । तर कलेजले असार महिना देखीकै मासिक शुल्क जोडेर लिन थालेको हो ।

आफुहरुसँग पढ्दै नपढेको समयको पनि मासिक शुल्क लिएको भन्दै कलेजका विद्यार्थीहरुले गुनासो बढ्दै जाँदा यसले आन्दोलनको स्वरुप लिएको विद्यार्थी बताउछन् । आफुहरुले पटक पटक आग्रह गर्दा पनि शुल्क तिर्न दबाव दिएको, अभिभावकलाई दबाव दिएको भन्दै विद्यार्थीहरु सडक सम्म आएर सरोकार वालाहरुलाई घचघचाउन आन्दोलित भएको बताउछन् ।
६ महिना पढाएर १२ महिनाको शुल्क लिन इटहरीका सवै कलेज एक भएको र सबैले विद्यार्थी लाई दुहुनो गाई जस्तो वनाएको आन्दोलनमा आएका बिद्यार्थीको भनाई रहेको छ ।

गएको मंसिर महिनाबाट कक्षा सुरु भएर पढाई हुन थालेको तर कलेजले असार महिना देखीकै मासिक शुल्क तिर्न बाध्य पारेको हो । कलेजले शुल्क लिँदा अभिभावकबाट यातायातको शुल्क पनि जोडेर लिएको विद्यार्थीहरुको गुनासो छ । लकडाउन भएर कुनै सवारी साधन नै नचलेको समयको पनि बस सुविधा लिएको भन्दै शुल्क जोडेर अशुल गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।162195458_380477993143373_2356889886114724274_n

नेपाल सरकार, शिक्षा मन्त्राल र स्थानिय सरकारले पनि सरकारले पनि कक्षा सञ्चालन भएर पढाई हुन थाले पछिको समयको मात्र शुल्क लिन पाउने भनि तोकिएको छ । तर सरकारको नियमको नै धज्जी उडाउँदै यो कलेजले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी शुल्क लिन थालेको हो ।
शिक्षा मन्त्रालयले असोजबाट अनलाईन कक्षा लाई मान्यता दिएर शुल्क लिन भनेको थियो भने भौतिक कक्षा सुरु भएपछि शुल्क तिर्न सर्कुलर नै जारी गरेको थियो । तर कलेजले नियमको कुनै परवाह नै नगरी आफुखुसी शुल्क लिन थालेको हो ।

चौतर्फी बन्दाबन्दीले रोजीरोटी नै गुमरे अभिभावकहरु आर्थिक संटकमा छन् । यस्तो समयमा पनि कलेजले पढाई नै नभएको समयको पनि पैसा असुल गर्ने र तिर्न दबाव दिनु अभिभावक माथीको ठुलो अन्याय हो । यो घटनाले सेवा मुलक संस्था भनेर सञ्चालन भएका यस्ता शैक्षिक संस्थाको नाफाखोरी चरित्र उदागों भएको छ । यस्ता शैक्षिक संस्थाहरुको अनैतिक गतिविधि माथी सरकारले आवश्यक कानुनी कारबाही गर्न आवश्यक देखिन्छ ।

 

सम्बन्धित खवर