बाख्रा पालन कार्यक्रमको सार्वजनिक सुनुवाई

बाख्रा पालन कार्यक्रमको सार्वजनिक सुनुवाई

पथरी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बाखा पकेट कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे १० मा सञ्चालित कार्यक्रमको आज पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

अरुण बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कृषिमा आधारित नगरका लागि कृषिको समृद्धिका कार्यक्रम अघि बढ्दै जाने बताउनु भयो । उहाँले नगरमा सञ्चालित हरेक कार्यक्रमहरु पारदर्शी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा, कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य र पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

संस्थाले उन्नत जातको १ सय ६५ वटा बाख्राका पाठी र ४ वटा वोयर बोका खरिद, घाँस खरिद, तालिम, भिटामिन, खोप गरी २६ लाख ९० हजारको बाख्रापालन कार्यक्रम प्राप्त गरेको छ । जसमा परियोजनाले १५ लाख र संस्थाले ११ लाख ९० हजार व्यहोर्ने सम्झौता भएको संस्थाका अध्यक्ष तेजराज कटुवालले जनाउन भयो । नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ४ वटा समूहसँग बाख्रा, बंगुर, मौरी पालन र तरकारी पकेट कार्यक्रमको सम्झौता भएको छ ।

सम्बन्धित खवर