पोखरा : भरतपोखरी ३३ बागमारामा निर्माणाधीन सन्तानेस्वर मन्दिरको लागि सोहि ठाउँ निवासी होमनाथ गिरीले ५१००० सहयोग गरेका छन् । गिरीले आफ्ना बुबाको ४५ औं पुण्य तिथिको अवसर पारि सो सहयोग गरेका हुन् ।
भरतपोखरी बिकास मन्चका आजिबन सदस्य तथा एन अार एन कुबेतका उपाध्यक्ष गिरीले सो अवसर पारि उक्त रकम हस्तान्तरण गरेको भरतपोखरी बिकास मन्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
आफ्ना पितृ को सम्झनामा आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने बताउदै उनले अहिलेको परिस्थितिमा पनि यसरि मन्दिर निर्माणमा सरिक हुने सबैलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सक्दो सहयोग गर्नका लागि माछापुच्छ्रे टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका उक्त मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद पौडेलले अनुरोध समेत गरेका छन ।
देशका बिभीन्न ठाउँमा रहेको यो मन्दिरमा महादेवको भक्तिपूर्वक पूजाआराधना गर्ने गरिन्छ । पुरानो मन्दिर हटाएर नयाँ मन्दिरको निर्माण कार्य केहि महिनामा सकिने बताइएको छ ।