प्रथम खास्टेताल महोत्सवको तयारी तिव्र

प्रथम खास्टेताल महोत्सवको तयारी तिव्र

लेखनाथ : लेखनाथको खास्टेताल महोत्सवमा जाऔँ प्रकृति र सस्कृतिमा रमाऔ रमाऔ भन्ने मुल नाराका पोखरा २६ को लेखनाथमा आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सब –२०७७ को तयारी तिव्र रुपमा अगाडी वढेको छ ।

आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा यहि चैत्र १२ देखि २२ गतेसम्म हुन लागेको महोत्सवको तयारीमा स्थानियहरु सक्रियताका साथ अगाडी वढेको महोत्सवका सह संयोजक शिवहरी ढुगानाले जानकारी दिएका छन् ।

खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगितकर्मि संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न विभिन्न ३२ वटा उपसमिति गठन गरि सवै उप समितिले आफनो जिम्माको काम सक्रियाता साथ गरेको र महोत्सव स्थलमा स्टल निर्माण देखि प्रचार प्रसार अन्य सामाजिक संध सस्थाहरुसगँ समोन्वय गर्ने काम तिव्रताका साथ अगाडी वढेको सचिवाल ब्यवस्थापन उप समितिका संयोजक विष्णुहरि ढुगानाले जानकारी दिनु भएको छ ।

तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन समेत गरिदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचार प्रसारमा सहयोग पुग्ने गरि राखिएको महोत्सवमा नेपालका चर्चित गायक ,गायिकाको प्रस्तुति समेत रहने छ भने यस महोत्सवमा माछा तथा कृषि प्रदर्शनी लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु हुने ताल संरक्षण समितिका अध्यक्ष तथा महोत्सवका मुल संयोजक हरिप्रसाद अधिकारीको भनाई रहेको छ ।

सम्बन्धित खवर