“मेचीकाली हामी नेपाली” समुहले करम योदलाई सहयोग उपचार सहयोग ग¥यो

“मेचीकाली हामी नेपाली” समुहले करम योदलाई सहयोग उपचार सहयोग ग¥यो

पथरी, “मेचीकाली हामी नेपाली समुह”ले उपचार अभावमा छटपटनइ रहेका करम योदलाई सहयोग गरेको छ ।

चितवन घर भई हाल काठमाडौँको बिएनबी हस्पिटलमा उपचाररत योदलाई समुहले १ लाख ३६ हजार ३४० रुपैँया सहयोग गरेको समुहका सचिव लक्ष्मी प्रसाद चापागाँइले जानकारी दिए । सवारी दुर्घटनामा परेर घाइते भएका योदको खुट्टा काट्नु पर्ने भएको छ । विगत १८ महिना देखि उपचार गराइरहेका योदको थप उपचारका लागि रकम अभाव भएपछि समुहले रकम सहयोग गरेको हो । समुहका तर्फबाट सल्लाहकार रचना भट्टराईले सहयोग रकम हस्तान्तरण गरिन् ।

समुहले विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि समुहले यस्तो असाहय र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने योजना रहेको चापागाँईले जानकारी दिए ।

सम्बन्धित खवर