काङ्ग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर : नर्भिक अस्पताल

काङ्ग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर : नर्भिक अस्पताल
काठमाडौं । मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्व मन्त्री नविन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले आज विहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्थ गम्भीर रहेको बताइएको छ ।

फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केहि दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

क्षमायाचना-

कांग्रेस नेता नविन्द्रराज जाेशीबारे यसअघि असावधानिवस प्रकाशित समाचार हटाइएकाे छ । यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछौं र आगामी दिनमा यस्ताे गल्ति नदाेरिने प्रतिवद्धता जनाउछौ

सम्बन्धित खवर