पत्रकारिता तालीम सम्पन्न

पत्रकारिता तालीम सम्पन्न

बिराटनगर, सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्बन्धी सात दिने आधारभूत तालीम आज सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ र मोरङ शाखाद्वारा संयुक्त रुपमा सञ्चालित तालीममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, सिरहा र उदयपुरका ३० जना महिलासहित ४२ जनाको सहभागिता रहेको थियो । तालीमका प्रशिक्षाथीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानका लागि स्थलगत रुपमा समाचार सङ्कलन गराइएको थियो । एकदेखि दुई वर्षसम्म विभिन्न सञ्चार गृहमा कार्य गरिरहेका प्रशिक्षार्थीलाई महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिनुभएको हो ।

सम्बन्धित खवर