वडा कार्यालय भवनकोे शिलान्यास

वडा कार्यालय भवनकोे शिलान्यास

उर्लाबारी ।
मोरङको उर्लावारी नगरपालिका वडा नम्वर ३ को वडा कार्यालय भवनकोे सोमवार शिलान्यास गरिएको छ ।
स्थानिय सालबारी निवासी लिलामाया थापाको नाममा रहेको १० धुर र थापाकै जग्गा छेउमा प्लटीङ व्यावसाय गर्ने थापा चौक निवासी गगा बास्तोलाको समुहले प्रदान गरेको १ कठ्ठा १० धुर जग्गामा वडा कार्यालय बन्ने भएको हो ।

थापाको निजी जग्गा र व्यावसायी बास्तोला समुहको गरी ८० लाख मुल्य बराबरको २ कठ्ठा जग्गा वडा कार्यालय स्थापना गराउन उपलव्ध भएको हो । स्थानीय सरकार निर्वाचित भएर आएको ३ वर्ष वितिसक्दा सम्म स्थानीय सरकार भाडाको घरमा रहेर कार्य सम्पादन गर्र्दै आएको थियो ।


भाडाको घरमा रहेर कार्यसम्पादन गर्दा वार्षिक रुपमा विनियोजित रकमबाट लाखौ रुपैया बाहल तिर्दै सकिने गरेको थियो । अव त्यो बाध्यता हटेर जाने वडा अध्यक्ष गञ्ज बहादुर कार्कीले बताए ।
स्थानीय सरकारले विनियोजन गरेको १ करोड ६७ लाख रुपैयाको सिलिङ बजेटमा डेन्डर प्रक्रियाबाट ९८ लाख रुपैयामा निर्माण सम्पन्न गर्ने गरि इटहरीको पाथीभरा निर्माण सेवाले ठेक्का हात पारेको हो । निर्वाचन पछि नयाँ भवन बन्ने दोस्रो वडाका रुपमा स्थापना हुन लागेको वडा कार्यालय भवनको उद्घाटन नरपालिकाका मेयर खड्ग बहादुर फागोले गरेका हुन् ।

भवनको शिलान्यास गर्दै फागोले जग्गादाता थापा र बास्तोलाको समुहको मुक्तकण्ठले प्रशंसा गर्दै यहि आर्थिक वर्षमा वडा नम्वर १ र ३ को भवन पनि शिलान्यास गरि निर्माण कार्य थालनी गरिने बताए ।

सम्बन्धित खवर