२५ शैय्याको आमबारी सामुदायिक अस्पताल उद्घाटन

२५ शैय्याको आमबारी सामुदायिक अस्पताल उद्घाटन

प्रवेश विष्ट, इटहरा

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ मा आमबारी सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । २५ शैय्याको अस्पतालको शनिबार रतुवामाई ४ का वडाअध्यक्ष देवराज राजवंशीले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

करिब १ करोडको लागतमा निर्मित उक्त अस्पतालमा बिशेष गरी आँखाको शल्यक्रिया र आँखा सम्बन्धी सम्पुर्ण उपचार हुने संचालक समितिका अध्यक्ष ताजिम अन्सारीले जानकारी दिनुभयो । त्यस्तै अस्पतालमा ओपिडी, भिडियो ए–क्सरे, इसिजीलगायत २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन हुने पनि अन्सारीले जानकारी दिनुभयो ।

ओपिडी सेवाहरुमा हाल बच्चा सम्बन्धी सबै रोगहरुको उपचार र गाइनो सम्बन्धी उपचार हुने अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

उद्घाटनको दिन निःशुल्क आँखाको स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य परिक्षणमा सय बढी मानिसहरुको उपस्थिति रहेको थियो । अस्पतालको स्थापनाले सो क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सहयोग पुग्ने अस्पतालका संचालक तेजलाल कर्णले बताउनुभयो ।

 

सम्बन्धित खवर