रतुवामाई हङकङ समाजद्वारा माझीको उपचारका लागि ८६ हजार सहयोग

रतुवामाई हङकङ समाजद्वारा माझीको उपचारका लागि ८६ हजार सहयोग

प्रवेश विष्ट, इटहरा

रतुवामाई हङकङ समाजले प्यारालाइसिस्का बिरामी रहेका रतुवामाई ८ निवासी लोकबहादुर माझीलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

विगत ३ वर्षदेखि प्यारालाइसिसबाट थलिएका माझीलाई रतुवामाई हङकङ समाजका सदस्य गणेश याक्सोको नेतृत्वमा रु ८६,००० रुपैया संकलन गरी हङकङबाट पठाएको रकम सहयोग गरिएको हो । शुक्रबार रमेश पौडेलको नेतृत्वमा माझीको घरमै पुगेर रकम सहयोग गरिएको थियोे ।

रतुवामाई हङकङ समाजले यसअघि पनि विभिन्न गरिब बिरामीहरूको उपचारमा सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित खवर