ओलीसँग झगडा गर्ने सपना कसैले नदेखे हुन्छ : मुख्यमन्त्री गुरुङ

ओलीसँग झगडा गर्ने सपना कसैले नदेखे हुन्छ : मुख्यमन्त्री गुरुङ

नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने सपना नदेख्न माधव नेपाल समुहलाई सुझाउनु भएको छ । मुख्यमन्त्री गुरुङ माधव नेपालहरु एमालेमा आएको हो भने ओलीसँग झगडा गर्ने काम नगर्न पनि चेतावनी दिनुभयो ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको ठोकुवा गर्नुभयो । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेको भन्दै कडा आपत्ति जनाउनु भयो ।

‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो त थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु,’ गुरुङले भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सातमध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने बताउनु भयो । गुरुङले माधव नेपालहरुले पार्टीमा बसेर प्रचण्डको सेवा गर्ने काम नरोके निकै सो समुह अप्ठेरोमा पर्ने चेतावनी समेत दिनुभयो ।

सम्बन्धित खवर