कोरोना संक्रमित बढेपछि भारतको नागपुरमा फेरि लकडाउन

कोरोना संक्रमित बढेपछि भारतको नागपुरमा फेरि लकडाउन

काठमाडौं : कोरोना भाइरस संक्रमित बढेपछि भारतको महाराष्ट्रमा फेरि लकडाउन गरिएको छ। महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो।

महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ।

सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो। अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेछ जनाइएको छ। एजेन्सी

सम्बन्धित खवर