एभरेष्ट स्कूलमा फुटबल प्रतियोगिता सुरु

एभरेष्ट स्कूलमा फुटबल प्रतियोगिता सुरु

विराटनगर : विराटनगर स्थित एभरेष्ट सेकेन्डरी स्कूलमा हाउसस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै गरेका थिए ।

ढकालले खेलकुदले अनुशासन, प्रतिष्पर्धी र शारीरिक तन्दुरुस्ती कायम गर्न सहयोग पुर्याउने बताउँदै सबैलाई विजयीको शुभकामना दिएका थिए ।

विहीबारदेखि शुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ । प्रतियोगितामा मेची, कोशी, गण्डकी र कर्णाली हाउसका तीन समूहका १२ टीमको सहभागिता रहने छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजन भट्टराईका अनुसार कक्षा ३, ४ र ५ को एउटा, कक्षा ६ र ७ को दोस्रो र कक्षा ८ र ९ को तेस्रो समूह रहेका छन् । प्रत्येक समूहले आपसका चार हाउस टीमबिच प्रतिष्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर