सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी एमाले ब्यूँताइदिएपछि मोरङको रतुवामाई १० मा नेकपा एमालेको वडा कार्यालय उद्घाटन भएको छ।
बिहीबारबाट एमालेले सोमबारे बजारमा पार्टी कार्यालय उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो। त्यसपछि देशभरका विभिन्न जिल्लामा धमाधम एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय उद्घाटन भइरहेका छन् ।
कार्यालय उद्घाटनमा एमालेका केन्द्रीय सदस्य गंगा डाँगी, जिल्ला कमिटी सदस्य तथा रतुवामाई इन्चार्ज नन्दकुमार चापागाईं (गोपी), शान्तिराम बराल, देवीप्रसाद दाहाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।