पथरी शनिश्चरेको आठौँ नगरसभा भोली हुने

पथरी शनिश्चरेको आठौँ नगरसभा भोली हुने

पथरी, मोरङको पथरी शनिश्चरे नगरको आठौं नगरसभा भोली हुने भएको छ । सो सन्दर्भमा कार्यपालिकाको पछिल्लो बैठकले थप २ वटा ऐन पारित सहितको निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकमा स्वास्थ्य ऐन र सहकारी ऐन पहिलो संसोधन पारित गरी फागुन २८ मा हिउँदे अधिवेशनका रुपमा हुने आठौं नगरसभामा पेश गरिने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सातौं नगरसभाबाट पारित कर दस्तुर सेवा शुल्कमा थपघट तथा केही छुट भएका शीर्षकहरु राजस्व परामर्श समितिबाट आएको परामर्शलाई पारित गर्दै नगरसभामा पेश गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो । नगरसभाको तयारीका क्रममा ३ दिनदेखि दैनिक जारी बैठकले हिजो संस्था दर्ता ऐन र कृषि व्यवसाय प्रवद्र्धन ऐन पारित गरेको थियो ।

बैठकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित कार्यपालिका सदस्यहरुले भोली हुने नगरसभाको बजेट तथा तयारीका विषयमा आआफ्ना राय पेश गर्नुभएको थियो । नगरसभा वन्दशत्रका रुपमा मात्र सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

सम्बन्धित खवर