हत्या आरोपमा नेता बास्कोटा पक्राउ, हिरासतमा राखेर अनुसन्धान गरिदै

हत्या आरोपमा नेता बास्कोटा पक्राउ, हिरासतमा राखेर अनुसन्धान गरिदै

विराटनगर ।
मोरङको पथरीशनिश्चरे नगरपालिका १० का एमालेका युवा नेता युवराज बास्कोटा युवा हत्या आरोपमा पक्राउ परेका छन् ।
बास्कोटालाई सोही पालिकाको जिरीखिम्तिका १९ वर्षीय सन्दिप भण्डारीको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो ।
तत्कालीन नेकपामा भएको विवादका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चयन गरेको पार्टीको केन्द्रीय सदस्यमा बाँस्कोटा नियुक्त भएका थिए । ओलीका विस्वास पात्रका रुपमा उनी लामो समययता भारत प्रवासमा बसेर ओलीको पक्षमा काम गर्दै आएका व्याक्ति हुन । गत पुस १४ गते राति बाँस्कोटाको घरमा सुतेका भण्डारीको शंकास्पद मृत्यु भएको थियो । मृतकको परिवारले पुस २६ गते इलाका प्रहरी पथरीमा किटानी जाहेरी दिएको थियो । तर प्रहरीले भने उनलाई पक्राउ गरेको थिएन जाहेरी परेको ६० दिन पछि पक्राउ गरेको हो ।

उजुरीको आधारमा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी लिई बास्कोटालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए ।
बाँस्कोटालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरीएको हो मृतको भिषेरा रिर्पोट आएको छ तर मृत्युको कारण भने अस्पतालले प्रमाणित गर्न बाकी रहेकाले रिपोर्टको बारेमा केही दिन पछि पक्रकार सम्मेलन मार्फत जानकारी गराईने खड्काले बताए ।

काठमाडौंमा कानुन विषय पढ्दै आएका भण्डारी कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि घर आएको बखत बास्कोटा सग नजिक भएर उनै घरमा बस्ने गरेको उनकी आमा राधिका भण्डारीले बताइन् ।
सोही क्रममा बाँस्कोटासँग भेट भएको र जागिर लगाइदिने प्रलोभन देखाई घरमा आएर बोलाएर जग्गाको काम गराउँदै आएको थियो ।
पुस १४ गते साँझ घरबाट बास्कोटाले काम धेरै भएको भन्दै बोलाएको र राति नआउने भनी फोनमा सन्दिपसँग कुराकानी भएको राधिकाले बताइन् ।
तर भोली पल्ट बिहान ६ बजेतिर सन्दिप बिरामीको भएको खबर गरेपछि बाँस्कोटाको घर जाँदा मृत्यु भएको अवस्थामा शव भेटेको राधिकाको भनाई छ संदिपको शरीरमाा निलडाम र कानमा चोट देखेका कारण संदिपको मृत्यु प्राकृतिक नभई हत्या गरिएको भन्दै परिवार वास्कोटा माथि छानविन हुनपर्ने माग राख्दै आएको थियो ।


तर प्रहरीले बाँस्कोटासँग मिलेर घटना लुकाउन खोजेको भण्डारी परिबारले आरोप लगाउदै आएको थियो । जसको कारण गत सोमबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका बास्कोटालाई स्थानीय महिलाले कुटपिट र जुक्ता प्रहार गरेपछि प्रहरीले सुरक्षा दिएर कार्यक्रम स्थलबाट उद्धार गरेको थियो ।

उर्लाबारीको प्रविण बास्तोलाको घटनाजस्तै पीडित परिवार आन्दोलनमा उत्रिने सम्भावना बनेपछि बास्कोटालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित खवर