शरणार्थीहरुका विषयमा गृह र युएनएचसीआरले ग¥यो नगरसंग छलफल

शरणार्थीहरुका विषयमा गृह र युएनएचसीआरले ग¥यो नगरसंग छलफल

पथरी, मोरङको पथरी शनिश्चरे १० मा रहेका भूटानी शरणार्थीहरुका लागि सहयोग व्यवस्थापनका विषयमा आज गृह मन्त्रालय र शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले नगरपालिकासँग छलफल गरेको छ ।

भूटानी शरणार्थीको स्वदेशफिर्तीको वातावरण नबनेको अवस्थामा तेस्रो मुलुक पुनर्वासको कार्यक्रम अघि बढ्दा शिविरमा बाँकी रहेका शरणार्थीका लागि कसरी सहयोग व्यवस्थापन गर्ने भन्ने बारेमा मन्त्रालयमार्फत छलफल गराइएको थियो । दातृ निकायले राहत बन्द गरेको अवस्थामा कानूनको परिधिमा रही मानवीय हिसावले स्थानीय सरकारले व्यापार, व्यवसाय र रोजगारीको वातावरण बनाउँदै लानु पर्ने गृह मन्त्रालयका सहसचिव चक्र बुढाले जनाउनु भयो ।

छलफलमा, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, गृह मन्त्रालयका उपसचिव गोपालकुमार अधिकारी, झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, यूएनएचसीआरका प्रोटेक्सन अफिसर क्रिस्टोफर डेग्नउ सहितले बोल्नु भयो ।

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले शरणार्थी समस्याको दिगो समाधान खोजिनु पर्ने बताउँदै आफुहरुले मानवीय हिसावले ३० औं वर्षदेखि नै सहयोग पुर्याउँदै आएको जनाउनु भयो । वस्ती र शरणार्थीबीच कृषि, पशुपालन सहितका व्यवसाय प्रवद्र्धनका योजना सञ्चालन अघि बढेको पनि उल्लेख गर्नुभयो । साथै उहाँहरुले शरणार्थी शिविर क्षेत्रमा थोरै जनसंख्या भएको अवस्थामा एकातर्फमात्र घर व्यवस्थापन गरी बाँकी ठाउँमा प्रदेशको सांस्कृतिक संग्रहालय निर्माण गर्ने सहमतिलाई थप व्यवस्थित रुपमा कार्यान्वयन गर्न युएनएचसीआर समक्ष अनुरोध गर्नुभयो ।

सो अवसरमा युएनएचसीआरले नगरका लागि फोहोर ओसार्ने एउटा ट्रक समेत हस्तान्तरण गरेको छ ।

सम्बन्धित खवर