पथरी, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले २ वटा ऐन पारित सहितका निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकमा संस्था दर्ता ऐन र कृषि व्यवसाय प्रवद्र्धन ऐन पारित भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । ती ऐनहरु नगरको फागुन २८ मा हिउँदे अधिवेशनका रुपमा हुने नगरसभामा पेश गरिने छ ।
बैठकले, कोरोना भाइरसको जोखिमका कारण योजनाहरु कार्यान्वयनमा समस्या भएकाले चैत मसान्तसम्म योजना सम्झौताको अवधि राख्ने निर्णय गरेको छ । बैठकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित कार्यापालिका सदस्यहरुले आउँदो नगरसभाको तयारीका विषयमा आआफ्ना राय पेश गर्नुभएको थियो ।