२५ जना अपाङ्गता भएकाहरुले पाए पंखा

२५ जना अपाङ्गता भएकाहरुले पाए पंखा

पथरी, मोरङको पथरी शनिश्चरे ५ का अपाङ्गता भएका विपन्न समुदायका २५ जनालाई टेबल पंखा प्रदान गरिएको छ ।

राष्ट्रिय अपाङ्गता महासंघ पथरी शनिश्चरे ५ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै ५ नम्बर वडासदस्य चेतन खड्का, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, समाजसेवी प्रेमला राई सहितले पंखा वितरण गर्नुभयो ।

५ नम्वर वडा अन्तर्गत ४५ हजार रुपैयाँको बजेटमा पंखा वितरण कार्यक्रम सम्पन्न भएको महासंघका वडाअध्यक्ष मोहन दंगालले जनाउनु भयो ।

सम्बन्धित खवर