“मेचीकाली हामी नेपाली” संस्थाले नमूना बालगृहमा सहयोग ग¥यो

“मेचीकाली हामी नेपाली” संस्थाले नमूना बालगृहमा सहयोग ग¥यो

पथरी, “मेचीकाली हामी नेपाली” नामक संस्थाले मोरङको उर्लाबारीमा रहेको नमूना बालगृहमा सहयोग गरेको छ ।

संस्थाले १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा सोमबार सहयोग गरेको हो । बालबालिकालाई पढ्नका लागि सजिलो होस भनेर सोलार बत्ती, स्कुल ब्यागका साथै कापी टडपेन समेत सहयोग गरेको छ । संस्थाले १५० केजी चामल, १० केजी दाल, एक कार्टुन तेल, एक बोरा आलु, बिस्कुट, फ्रुटी लगायतका खाद्य सामग्री समेत गरेर जम्मा ५५ हजार बराबरको सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक गोबिन्द कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी ७ का वडाअध्यक्ष बीरबल थापाले संस्थालाई धन्यवाद दिनुभयो । बालगृहमा रहेको समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्दा सहज हुनेकुरा पनि थापाले बताउनुभयो ।

गृहको समस्या आफ्नै समस्या ठानेर सहयोग गर्नु सबैको कतव्र्य ठानेर पुगेका सबैजनालाई बालगृहका तर्फबाट अध्यक्ष मिना बरालले धन्यवाद दिनुभयो । मेचीकाली हामी नेपाली अभियानमा देशैभरबाट विदेशमा रहेकाहरुले थोरै थोरै रकम जम्मा गरेर सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खवर