मेचीको सहकारीको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेचीको सहकारीको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पथरी, मेची सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम साेमबार सम्पन्न भएको छ ।

मोरङको पथरी शनिश्चरे सेवा केन्द्रका सदस्यहरुका लागि साक्षरता कार्यक्रम गरिएको हो । कार्यक्रममा सेवा केन्द्रका संयोजक रुद्र बहादुर तामाङले बित्तीय साक्षरता, बचत, पारिवारिक बचत र उद्यमशिलता सम्बन्धी सहजीकरण गर्नुभयो । परिवारमा थोरै थोरै गरेर कमाएको रकम सहकारीमा बचत कसरी गर्ने, बचत गरेको रकमले टार्न सकिने गर्जोका बिषयमा तामाङले प्रष्ट्याउनुभयो ।

संस्थाको आर्थिक अवस्थाको विश्लेषण र सेवा सुविधाका बारेमा संस्थाका व्यवस्थापक खोम बगालेले सहजीकरण गर्नुभयो । बगालेले संस्थाको वर्तमान अवस्था, मेचीले शेयर सदस्यहरुलाई दिन सक्ने सेवा सुविधाका विषयमा प्रष्ट पार्नुभयो ।

बैंक, बित्तीय संस्था र सदस्यहरुको काम कर्तव्यका विषयमा शिक्षा उपसमिति संयोजक लक्ष्मी प्रसाद दाहालले सहजीकरण गर्नुभयो । कार्यक्रमको औचित्य र उद्देश्य संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले प्रष्ट्याउनुभयो ।

कार्यक्रममा सदस्यका परिवारमा रहेका छोरा छोरी मध्येबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने २ जनालाई सम्मान गरियो । निवेदन परेका मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्ने सुमिना भट्टराईकी छोरी रेश्मा भट्टराई र अर्जुन काफ्लेकी छोरी अनुशा काफ्लेलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मानित गरेको पथरी सेवा केन्द्र प्रमुख शिव प्रसाद निरौलाले जानकारी दिनुभयो ।

गत माघबाट कारोबार सुरु गरेको पथरी सेवा केन्द्रकाे यहि फागुन ४ गते आैपचारिक उद्घाटन गरिएकाे थियाे । पथरी सेवाकेन्द्रमा हाल २३५ जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा ७३ प्रतिशत सेयर सदस्य उपस्थित रहेकामा गंगा तिम्सिना र रेणुका गिरीले संस्थालाई सुझाव समेत दिनुभयो ।

सेवा केन्द्र सहसंयोजक लुमा भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमा शिक्षा उपसमिति संयोजक लक्ष्मी प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाले माेरङकाे मिक्लाजुङ सेवाकेन्द्रमा पनि आज साेही कार्यक्रम गर्ने तयारी गरेकाे छ ।

सम्बन्धित खवर