श्रमिक महिला दिवशको अवसरमा पथरी शनिश्चेमा ६ महिला सम्मानित

श्रमिक महिला दिवशको अवसरमा पथरी शनिश्चेमा ६ महिला सम्मानित

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा आज नगरका ६ जना श्रमजिवी महिलालाई सम्मानित गरेको छ ।

कार्यक्रम सभाध्यक्ष नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले वडा नम्बर ३ की मनमाया अधिकारी, ६ की कल्पना चन्द्रवंशी र कौशिला मण्डललाई साइकल तथा वडा नम्बर ७ की रज्जु मगराती, ९ की लक्ष्मी झाँगड र १० की विमला दाहाल विष्टलाई सम्मानपत्र सहित सिलाई मेसिन प्रदान गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, पथरी प्रहरी प्रमुख डीएसपी कृष्ण खड्का, महिला फेडेरेशन् नगर सहसंयोजक निर्मला राई, शिक्षक मनोरथ खरेल, इन्दिरा नेपाल सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

मैनादेवी फूयल आचार्यको सञ्चालन र मैनाकुमारी राई लिम्बूको स्वागत मन्तव्य रहेको कार्यक्रममा नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले महिला दिवशको सुरुवातको प्रसंग सहित कार्यक्रमको औचित्य प्रष्ट्याउनु भएको थियो ।

सम्बन्धित खवर